बलिउड अभिनेता अरुण वर्माको निधन

बलिउड अभिनेता सलमान खान, अक्षय कुमारसँग स्क्रिन सेयर गरिसकेका अरुण वर्माको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिएन । भोपालमा बस्ने अरुण वर्माको पिपल्स अस्पतालमा उपचार चलिरहेको थियो । उनको बिहिबार बिहान निधन भएको हो ।

अरुणले अमिताभ बच्चन, अक्षय कुमार, कवि उदय दहियाले फेसबुक अकाउन्टमा अरुण वर्माको निधनको जानकारी दिएका थिए । उनले लेखे, ‘निकै दुःखका साथ भन्नु परिरहेको छ कि मेरा साथी अभिनेता अरुण वर्माको आज बिहान भोपालमा निधन भएको छ ।

भगवानले उनलाई आफ्नो श्रीचरणमा स्थान दिउन् । ’ अरुण वर्माले सलमान खानको फिल्म किकमा काम गरेका थिए । थिएटरसँग अरुण वर्मालाई निकै लगाव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस