आजबाट राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौं  : नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण (आज) मंगलबार बाट सुरु भएको छ । अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले तयारी सुरु गरेको हो । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताईरीले बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाएका हुन् । फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले नेपाल अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि तयार रहेको बताए ।

अब्दुल्लाहले आफ्नो लक्ष्य एशियन कप छनोट रहेको र मोरिससविरुद्धको खेलको नतिजाले कुनै फरक नपार्ने पनि बताए । मोरिसससँग हारेपछि आफूले बलियो टिम बनाउन लागेको र लक्ष्य एशियन कप छनोट र अर्को विश्वकप छनोट रहेको उनको भनाइ छ ।

नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ । नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । साफ च्याम्पियनशीपको तयारीमा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस