काभ्रे (बनेपा) – नेकपा एमाले बनेपा नगर कमिटिका अध्यक्ष रत्नकुश रंजितको नेत्तत्वमा अधिवेशनका प्रचार समाग्री हटाइएको छ ।

नेकपा एमालेको १० औं जिल्ला अधिवेशन अन्तर्गत काभ्रे जिल्लाको बनेपामा भएको अधिवेशनको प्रचार–प्रसार समाग्री नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्षको नेत्तत्व तथा कमिटिका सदस्यहरुको सक्रियतामा हटाइएको हो ।

उनीहरुले बनेपाको साँगा देखि बुडोल सम्म राखिएका झण्डा, फ्लेक्स ब्यानर लगायतका प्रचार प्रसार समाग्रीहरु बिहीबार हटाएको नेकपा एमालेका बनेपा नगर कमिटिका अध्यक्ष रत्नकुश रंजितले जानकारी दिए । उनका अनुसार उनीहरले प्रचार समाग्री हटाउनुको साथै अन्य फोहोर मैला व्यवस्थापन गरेका छन् ।

 


तपाईको प्रतिक्रिया