धनकुटा – ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कोसी राजमार्ग अन्तर्गत धनकुटा सिधुवा सडक खण्डको गुराँसे नजिक आज भएको ट्रिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालुवा बोकेर धनकुटाबाट तेह्रथुमको वसन्तपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ३–००१ क ०५४९ नम्बरको ट्रिपर दुर्घटना हुदाँ चालक प्युठान माण्डवी गाउँपालिका–१ का २८ वर्षीय भुवन थ्रेडी मगर र सहचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नवीन विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी सुरज कार्कीले जानकारी दिए ।

उनका अन्ुसार उनीहरुको शव पोस्टमार्टमका लागि धनकुटा जिल्ला अस्पतालमा ल्याइएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया