काभ्रे (बनेपा)- स्टार बचत तथा ऋण सहकारी संस्था लि बनेपाको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको कार्यालय भवनमा अध्यक्ष सुजन सुवेदीको सभापतित्वमा आज वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका कोषाध्यक्ष अर्जुन घिमिरेले संस्थाको वार्षिक लेखा परीक्षण प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन, संस्थाका सचिव सरोजप्रसाद कुईकेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका प्रतिवेदन साधारण सभाले सर्वसम्मतिले पारित गरेको छ । सभामा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक लेखनाथ नेपालले संस्थाको आन्तरीक लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।

संस्थाले गत आर्थिक वर्षको अन्त्य सम्म १३ करोड ७७ लाखको आर्थिक कारोबार गर्न सफल भएको साधारण सभामा जानकारी गराइएको थियो । संस्थाको जम्मा शेयर पुंजी ६६ लाख रहेको छ । छोटो समयमै उल्लेख्य आर्थिक कारोबार गर्न सफल भएको छ । संस्थाकी उपाध्यक्ष प्रमिला पाण्डे र संचालक सदस्यद्वय श्रीओम उपाध्याय, डा.मधुसुदन बडाल र संस्था प्रबन्धक अमित पराजुलीले मन्तव्य व्यक्त गरेका थिए ।


तपाईको प्रतिक्रिया