काभ्रे (बनेपा) – धादिङमा सडक खन्ने क्रममा पहिरोले डोजर पुरिँदा काभ्रेका २ पुरुष सहित ३ जना बेपत्ता भएका छन् ।

बिहीबार बिहान साढे ७ बजे रुबी भ्याली गाउँपालिका वडा नम्बर १ मा खसेको पहिरोमा तीन जना पुरिएका छन् । डोजरले सडक खनिरहेको बेला झरेको पहिरोले डोजरसहित डोजर चालक काभ्रे घर भएका आकाश तामाङ, सहचालक राजु तामाङ र सडक निर्माण समितिका सदस्य स्थानीयवासी अनिस तामाङ बेपत्ता भएका प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरमार्फत घ ट ना स्थल पुगेको छ । प्रहरी निरीक्षकको नेतृत्वमा १० जनाको टोली घ ट नास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मौसममा खराब भएकाले खोजीमा समस्या भएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया