काभ्रे एमाले जिल्ला अधिवेशन : अध्यक्षमा अशोक ब्याञ्जु सर्वसम्मत चयन

काभ्रे (धुलिखेल) – नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक ब्याञ्जु श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । नेकपा एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनबाट ब्याञ्जु सर्वसम्मत चयन भएका हुन् । ब्याञ्जुसंगै उपसचिवमा रिता ढकाल पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

एमाले जिल्ला अधिवेशनको बन्द सत्र शनिबार बिहान धुलिखेलमा सुरु भएको हो । बिहान ८ बजे देखि बन्द सत्र सुरु भएपनि सहमति हुन सकेको थिएन । बेलुका सम्ममा अध्यक्ष र उपसचिब पदमा मात्र सर्वसम्मत भएको छ ।

बाँकी पद उपाध्यक्ष, सचिव पदमा दाबेदार धेरै देखिएका कारण समहति हुन नसकेको प्रतिनिधिहरु बताउछन् । सहमति हुन नसकेको पदहरुमा निर्वाचनको तयारीमा रहेको र बाँकी पदहरुमा भोलि निर्वाचन गरिने निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस