काभ्रे (बनेपा) – बनेपाका सन्देश मानन्धरले अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् । बंगलादेशको राजधानी ढाकामा आयोजना भएको अन्तर्रास्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा पुरुष खुल्ला तौल समूहमा काभ्रेको बनेपाका सन्देश मानन्धरले स्वर्ण पदक हासिल गरेकाहुन् ।

नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघका खेलाडी सन्देश मानन्धरले उक्त प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल भएका हुन् । । सोहि संघका अर्का खेलाडी राजेन्द्र थापाले रजत पदक प्राप्त गर्न सफल भएका छन् ।

महिला खुल्ला तौल समुहमा नेपालका रजनि मल्ल ठकुरीले स्वर्ण पदक जिते भने नेपालकै पेम्बा लाम्हु शेर्पाले रजत पदक प्राप्त गरेका छन् । त्यसैगरी ५५ के.जी तौल समूहमा भारतका विवेक पौलले स्वर्ण र भारतकै साम दिप दाईमरीले रजत पदक प्राप्त गर्न सफल भएका छन् । त्यस्तै गरि ६० के.जी तौल समूहमा नेपालको विश्वास कर्मचार्यले स्वर्ण तथा नेपालकै किशोर कुमार डेकाले रजत पदक प्राप्त गरेका छन् ।

नेपाल क्योकुसिन सेईसिन काइकान कराँते संघको तर्फबाट केन्द्रीय अध्यक्ष तथा नेपाल ब्रान्चचिफ शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा खेलाडीहरु लिएर २८ डिसेम्बरमा बंगलादेशको राजधानी ढाका प्रस्थान गरेका थिए ।


तपाईको प्रतिक्रिया