काभ्रे (बनेपा) – इलाका प्रहरी कार्यालय मंगलटारले लैङ्गिक हिंसा न्यूनिकरणका लागि यात्रु तथा चालकलाई प्रहरीको सचेतनामूलक कार्यक्रम सञ्भमलन गरेको छ ।

इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेको चेक पोईन्ट अगाडी वि.पि. राजमार्गमा चल्ने सवारी साधनहरुका चालक – सहचालक एवम यात्रीहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मुल नाराका साथ व्यानर तथा प्लेकार्ड सहित लैङ्गिक हिंसा विरुद्ध अभियान अन्तर्गत विभिन्न जनचेतनामुलक कार्याक्रम शुक्रबार गरिएको थियो ।

त्यस्तै कार्यालयले लैङ्गिक हिंसा न्यूनिकरण गर्न विद्यार्थीहरुलाई पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । रोशी गाउँपालिका वडा नं ११ भिमखोरी स्थित श्री शान्ती प्राथामिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।


तपाईको प्रतिक्रिया