काठमाडौं – काठमाडौँको सोह्रखुट्टे नयाँ बजारमा रहेको एउटा कपडा पसलमा आगलागी भएको छ। महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका अनुसार शुक्रबार दिउँसो कपडा पसलमा आगलागी सुरु भएको हो।

आगलागी अझैं नियन्त्रणमा आउन सकेको छैन। प्रहरीका अनुसार अहिले ५/६ वटा दमकलबाट आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


तपाईको प्रतिक्रिया