काभ्रे (बनेपा) – प्रतिक कुईकेलको अध्यक्षतामा काभ्रे क्यामपसमा नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी कमिटी गठन गरिएको छ । युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको क्याम्पसमा अध्ययनरत विधार्थीहरुको भेला तथा अन्तरक्रियाले कुईकेलको अध्यक्षतामा अनेरास्ववियू काभ्रे क्यामपस कमिटी गठन भएको हो ।

भेलाले प्रतिक कुईकेलको अध्यक्षतामा ३१ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको छ । कार्यक्रममा युवा संघ केन्द्रीय सदस्य दिपक ठकुरी, युवा संघ नेपाल काभ्रे जिल्ला कोषाध्यक्ष मनोज थापा, जननिर्बाचित बिष्णु नारायण श्रेष्ठ बदन भण्डारि लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

 


तपाईको प्रतिक्रिया