कोरोना भाइरसको नयाँ भेरियन्टबारे विभिन्न प्रकारको अनुमान गरिँदैछन् । आउनुहोस् हालसम्म यो भाइरसबारे के थाहा छ र जानकार यसबारे के भनिरहेका छन् भन्ने जानकारी लिऔं ।

दिल्लीको एम्स अस्पतालका निर्देशक डाक्टर रणदीप गुलेरियाले नयाँ भेरियन्टबारे जे जति जानकारी आएका छन्, त्यसले विभिन्न प्रकारको सम्भावनाको संकेत गर्ने भएपनि ठोस् नतिजा पुग्नका लागि आफूहरुले वैज्ञानिक आधारलाई केलाउन आवश्यक भएको बताए ।

डाक्टर गुलेरियाले आइतबार समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा ओमिक्रोनको ३० पटकभन्दा बढी म्युटेशन भइसकेको र यो परिवर्तन भाइरसको स्पाइक प्रोटिन क्षेत्रमा भएको भन्ने खबर सुनेको बताए ।

डाक्टर गुलेरियाले भने, ‘भाइरसको प्रोटिन भएको क्षेत्रमा म्युटेशन हुँदा उसले यस्तो क्षमता विकसित गर्नसक्ट जसमा ऊ प्रतिरोधी क्षमतासँग बच्न सक्छ अर्थात् खोप वा अन्य विभिन्न कारणले शरीरमा पैदा भएको प्रतिरोधी क्षमताको असर उक्त भाइरसमा नपर्न पनि सक्छ ।’

एम्स प्रमुखका अनुसार यस्तोमा संसकारको सबै कोभिड भ्याक्सिनको समिक्षा गर्नुपर्नेछ किनभने धेरैजसो भ्याक्सिन स्पाइक प्रोटिनसँग जुध्ने एन्टीबडी विकसित गर्छ र यसै आधारमा ती भ्याक्सिनले काम गर्छन् । डाक्टर गुलेरियाले भने, ‘ओमिक्रोन यसै क्षेत्रमा म्युटेशन भइरहेको छ अर्थात् यसले रुप परिवर्तन गरिरहेको छ भने थुप्रै भ्याक्सिन यसमाथि खासै प्रभावकारी नहुन पनि सक्छ । ’

विश्व स्वास्थ्य संगठनले अघिल्लो हप्ता कोरोना भाइरसको यो नयाँ भेरियन्टलाई ‘चिन्ताको विषय’ बताउँदै यसको नाम ओमिक्रोन राखेको थियो । संगठनले एक बयान जारी गर्दै भनेको थियो, ‘यो भेरियन्टको असाध्यै धेरै म्युटेशन भइरहेको छ र सुरुवाती संकेतले यो बताउँछ कि यसले पुनः संक्रमित हुने खतरा निम्त्याएको छ ।’

वैज्ञानिक चकित

भाइरसको यो नयाँ भेरियन्ट यो महिना सबैभन्दा पहिला दक्षिण अफ्रिकामा पाइएको थियो । त्यसेपछि विश्व स्वास्थ्य संगठनलाई यसबारे जानकारी दिइएको थियो । संगठनले पुनः २४ नोभेम्बरमा यो नयाँ भेरियन्टको पुष्टि गर्यो र बयान जारी गर्यो । दक्षिण अफ्रिकाबाहेक कोरोनाको यो नयाँ भेरियन्ट अब संसारका विभिन्न देशमा पाइएको छ । यसमा बोत्सवाना, बेल्जियम, हङकङ, इजराइल, जर्मनी, ब्रिटेन र अष्टेलियाजस्ता देश समावेश छन् ।

दक्षिण अफ्रिकामा सेन्टर फर एपिडेमिक रेस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलियो डी ओलिवेराले ओमिक्रोन अन्य भेरियन्टभन्दा पूर्ण रुपमा भिन्न भएको र यसमा म्युटेशनको असामान्य समुह देखिएको बताएका छन् । उनले भने, ‘यो भेरियन्टले हामीलाई चकित पारिदिएको छ । सामान्यतः भाइरसमा जुन प्रकारको परिवर्तन हुन्छ र जसबारे हामीले आशा गरेका हुन्छौं, त्यो हिसाबले यसले निकै तीब्र रुपमा स्वरुप परिवर्तन गरिरहेको छ ।’

मिडियासँग कुरा गर्दै प्राध्यापक डी ओलिवेराले यसमा जम्मा ५० म्युटेशन भएके र ३० भन्दा बढी स्पाइक प्रोटिनमा भएको बताएका छन् । भाइरसले हाम्रो शरीरको कोसिकासँग सम्पर्क स्थापित गर्ने हिस्साको कुरा गर्ने हो भने यसमा १० म्युटेशन भएको छ । जबकी संसारभरी विध्वंश मच्चाएको डेल्टा भेरियन्टमा दुईवटा म्युटेशन भएको थियो ।

अमेरिकाको संक्रामक रोग प्रमुद डा। एन्थोनी फाउचीले नयाँ भेरियन्ट भेटिएको खबरले खतराको संकेत दिएको छ तर कोभिड भ्याक्सिन अहिले पनि यो रोगको गम्भीरतालाई रोक्न सक्षम हुनसक्ने बताएको छ । फाउचीले सीएनएनलाई भने, ‘जबसम्म राम्रोसँग अनुसन्धान हुँदैन तबसम्म यसले भाइरसबाट बचाउने एन्टीबडीलाई मात दिन्छ वा दिँदैन भन्ने हामीलाई थाहा छैन ।’

म्युटेशन कति गम्भीर ?

बीबीसीका स्वास्थ्य एवं विज्ञान संवाददाता जेम्स गेलाघरको विश्लेषणः

सबै म्युटेशनको अर्थ यो खराब नै हुन्छन् भन्ने छैन तर यसमा के–के म्युटेशन भइरहेको छ त्यो भने हेर्नुपर्छ । तर चिन्ताको कुरा के हो भने यो भाइरस चीनको उहानमा भेटिएको मूल भाइरसभन्दा मौलिक रुपमा भिन्न छ । यसको अर्थ यो हो कि मूल भाइरसलार्य ध्यानमा राखेर बनाइएको भ्याक्सिन यो भेरियन्टमा प्रभावकारी नहुन पनि सक्छ ।

अन्य भेरियन्टमा पनि केही म्युटेशन देखिएको छ जसमा यो भेरियन्टमा उनीहरुको भूमिकाबारे केही जानकारी पाउन सकिन्छ । जस्तै एन ५०१वाई कोरोनाभाइरसका लागि फैलिन सहज बनाउँछ । केही म्युटेशन यस्ता हुन्छन् जुन एन्टीबडीका लागि भाइरसको पहिचान गर्न मुश्किल पारिदिन्छ र जसका कारण भ्याक्सिनको प्रभाव कम हुन्छ ।

दक्षिण अफ्रिकामा युनिभर्सिटी अफ क्वाजुलु–नटालमा प्राध्यापक रिचर्ड लेसल्स भन्छन्, ‘हाम्रो चिन्ता यो हो कि यसले भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने क्षमता बढ्न सक्छ । यो प्रतिरक्षा प्रणालीको हिस्साबाट पनि जोगिनसक्छ ।’  भेरियन्टका उदाहरण पनि छन् जो कागजी रुपमा निकै भयानक देखिन्थे तर त्यसका खासै असर देखिएन । वर्षको सुरुवातमा बिटा भेरियन्टको चिन्ताको कारण बनेको थियो किनभने यो प्रतिरक्षा तन्त्रबाट बच्न असाध्यै माहिर थियो ।

तर पछि डेल्टा भेरियन्ट संसारभरी फैलियो र ठूलो समस्याको कारण बन्यो । युनिभर्सिटी अफ केम्ब्रिजका प्राध्यापक रवि गुप्ता भन्छन्, ‘बिटा प्रतिरक्षा तन्त्रबाट बच्न सक्थ्यो । डेल्टा भेरियन्टमा संक्रामकता थियो र प्रतिरक्षा तन्त्रबाट बच्ने थोरै क्षमता थियो ।’


तपाईको प्रतिक्रिया