नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-१४ राधाकृष्ण टोल बस्ने ३५ वर्षीय मेघराज जैसीलाई नियन्त्रित लागूऔषध सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उक्त चोकमा उनलाई जाँच गर्ने क्रममा ७ एम्पुल डाइजेपाम, ७ एम्पुल नुफिन र ७ एम्पुल फेनारगन सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उनको घरबाट समेत ६० एम्पुल डाइजेपाम, ६० एम्पुल नुफिन र ६० एम्पुल फेनारगन फेला पारी बरामद गरेको छ ।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजयन्तीबाट ३ ग्राम ७ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-२ संगमचोक डेरा गरी बस्ने भारत प्रसौना घर भएका २० वर्षीय संजय बानियाँलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्लाष्टिकमा पुरिया बनाई ल्याउँदै गरेको उक्त खैरो हेरोइन सहित पक्राउ गरेको हो ।

सिरहा, भगवानपुर गाउँपालिका-३ गैरसाहा टोलबाट २ सय ७० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी बोदेबर्साईन नगरपालिका-१ बस्ने २० वर्षीय धर्मेन्द्र कुमार साह र सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त कुमार मंण्डल रहेका छन् । स.८ प २८०३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल नेपाल समेतको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक साह र मोटरसाइकलमा सवार मण्डललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


तपाईको प्रतिक्रिया