पाँचथर – भालुको आक्रमणबाट पाँचथरमा एक जना गम्भीर घाइते भएका छन् । भालुले आक्रमण गर्दा पाँचथरको फालेलुङ गाउँपालिका–३ खोलाघारीका ८२ वर्षीय रामकुमार राई गम्भीर घाइते भएका हुन् ।

फालेलुङ–३ ठेप्चे भन्ने ठाउँमा गोठमा एक्लै बस्दै आएका राईलाई गोठबाट खर्कतिर गाईबस्तु लैजाने क्रममा भालुले आक्रमण गरेको थियो । वृद्धको अवस्था गम्भीर रहेको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले बताए । उनका अनुसार राईलाई उपचारका लागि लागि सदरमुकाम ल्याइएको छ ।


तपाईको प्रतिक्रिया