काठमाडौं – फागुन १३ मा ‘प्रेमगीत ३’ प्रदर्शन हुने भएको छ । दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तय गरेर कोरोनाका कारण प्रदर्शन हुन नपाएको थिएन । चलचित्र ‘प्रेमगीत ३’ले पनि नयाँ प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र फागुन १३ गतेबाट देशभर प्रदर्शन हुने निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।

उनले दर्शकका लागि एउटा चुनौती बोकेर चलचित्र प्रदर्शन गर्न लागेको बताए । यो चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । शिवरात्रीको अवसर पारेर रिलिज हुन लागेको ‘प्रेमगीत ३’ बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने विश्वास गरिएको छ । ‘प्रेमगीत’का अघिल्ला दुई सिरिजलाई दर्शकले निक्कै रुचाएका थिए ।


तपाईको प्रतिक्रिया