काभ्रे (बनेपा) – नेपाली काँग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सभापतिमा महेश खरेल विजयी भएका छन् । सोमबार भएको नेपाली काँग्रेसको १४ अधिवेशनबाट खरेल काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सभापतिमा विजयी भएका हुन् ।

प्रतिद्धन्द्धी सुन्दरमणी आचार्यलाई ८७ मतले हराउँदै खरेल विजयी भएका हुन् । महेश खरेलले ६ सय ३४ मत प्राप्त गरेका थिए भने सुन्दरमणी आचार्यले ५ सय ४७ मत प्राप्त गरेका थिए । महेश खरेलले मधु प्यानलबाट सभापतिको लागि उम्मेदवारी दिएका थिए ।


तपाईको प्रतिक्रिया