काभ्रे (पनौती) – घरदैलोमै पुगेर अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । जिल्लाको पनौती नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुको घरदैलोमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ।

पनौती नगरपालिका महिला बिकास शाखाबाट अपाङ्गता भएका व्यक्तिहरुलाई उप–प्रमुख गीत बञ्जराको संयोजकत्वमा घर दैलो सेवा मार्फत अपाङ्गता परिचयपत्र वितरण गरिएको हो । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि घरदैलोमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिएको नगरपालिकाकी उप–प्रमुख गीता बञ्जाराले बताइन् ।


तपाईको प्रतिक्रिया