काभ्रे (धुलिखेल) – भैरव आधारभूत स्वास्थ्य सेवा केन्द्रको नव निर्मित भवनको उद्घाटन भएको छ । जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ६ स्थित चोच्छेमा नव निर्मित भैरव आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवनको उद्घाटन नगर प्रमुख अशोक कुमार ब्याञ्जु (श्रेष्ठ)ले गरेका हुन् ।

४८ लाखको लागतमा तयार भएको भवनको निर्माण सम्पन्न भएसँगै भवनको आज उद्घाटन गरिएको हो । भवनको लागि अमूल्य जग्गा दान गर्ने हरिओम काजी श्रेष्ठलाई दोसल्ला र प्रमाण पत्र सहित सम्मान गरिएको नगर प्रमुख अशोक कुमार ब्याञ्जु (श्रेष्ठ)ले बताए ।

नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा नगरपालिकाकी उप प्रमुख बिमला शर्मा, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा।पुरुषोत्तम सेढाई, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी लगायतको सहभागीता रहेको थियो ।


तपाईको प्रतिक्रिया