काभ्रे (बनेपा) – काभ्रेका १२ देखी १७ वर्ष उमेर समूहका  बालबालिकालाई कोराना विरुद्धको खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार खोपका लागि अनुमाति पाएको धुलिखेल अस्पतालमा बालबालिकालाई खोप लगाउन सुरु गरिएको हो ।

उनीहरुलाई फाईजर खोप लगाइएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तम सेढाईँले जानकारी दिए । उनका अनुसार धुलिखेल अस्पतालबाट मात्र लगाउन सुरु गरिएको फाईजर खोप यसको असर र परिमाण हेरेर अन्य स्थानमा पनि खोप अभियान सुरु गरिने छ ।

सरकारले कार्तिक २८ गतेबाट १२ देखी १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको खोप अभियान स्वरुप सञ्चालन गरेको छ ।


तपाईको प्रतिक्रिया