काभ्रे (धुलिखेल) – कृषिलाई जिल्लाको प्रमुख श्रोतको रुपमा लिईन्छ । काभ्रेको १३ वटा स्थानीय तहमध्ये पाँचखाल, मण्डनदेउपुर,बनेपा, पनौती र बेथानचोक गाउँपालिकालाई कृषिको लागि विशेष क्षेत्र मानिन्छ ।

स्थानीय सरकारले कृषिलाई कम प्राथमिकता राखेको कृषकहरुको गुनासो छ । त्यस्तै बनेपा नगरपालिकाले कृषिमा धेरै लगानी गर्न नसकेको गुनासो कृषकहरुकै छ । जनशक्ति अभावका कारणले नगरले कृषि सेवालाई प्रभावकारी बनाउन नसकेको कृषकहरुले बताएका छन् ।

कृषि प्राविधिकको अभावमा सिमित जनशक्तिले नगरका कृषकलाई दिईने सेवा सुविधामा सहज र प्रभावकारी हुन नसकेको बनेपा नगरपालिकाका कृषि शाखा प्रमुख मुुकुन्द के.सीले बताए । उनले नगरमा कृषि प्राविधिक नभएकाले किसानको माग अनुसार हामीले सेवा सुविधा दिन र कार्यक्रम ल्याउन नसकेको बताए ।

पाँचखाल नगरपालिकाको कृषि शाखामा जनशक्ति अपुग देखिन्छ । नगरपालिकामा रहेको १३ वटै वडामा कृषि प्राविधिक छैनन । यसै कारणले गर्दा कृषकलाई दिईने सेवा सुविधा प्रभावकारी हुन नसकेको पाँचखाल नगरपालिकाका कृषि शाखा प्रमुख ईश्वरी अधिकारीले बताए । उनका अनुसार नगरपालिकाले कृषि क्षेत्रको लागि प्रयाप्त बजेट छुट्याउन नसकेकाले पनि कृषकको माग अनुसार कार्यक्रम ल्याउन नसक्नुको साथै प्रवाहमा पनि असहज देखिएको छ ।

त्यस्तै अर्काे स्थानीय तह मण्डनदेउपुर नगरपालिकाको अवस्था पनि उस्तै छ । उक्त नगरपालिकामा एक जनामा मात्र कृषि प्राविधिक छन् । गाउँपालिकामा कृषि प्राविधिक र कर्मचारीको अभावले गर्दा वास्तविक कृषकका समस्या पहिचान गर्न नसकिएको नगरपालिकाका कृषि शाखा प्रमुख गोपाल प्रसाद सापकोटाले बताए ।

स्थानीय सरकार गठन भएसँगै सर्वसाधरणले सेवा सुविधा आफ्नै गाउँ र नगरबाटै पाउन सकिने प्रावधान छ । तर कृषकहरु भने यो सेवा सुविधाबाट टाढै छन । कृषि सम्बन्धि केही समस्या भएमा कृषकलाई धेरै ठाउँमा भौतारिनुपर्ने बाध्यता अझै पनि उस्तै छ ।कृषिमा प्रयाप्त जनशक्ति नहुदाँ कृषकलाई सेवा लिन पहिले जस्तै धेरै ठाउँमा भौतारिनु परेको छ । स्थानीय सरकार आएपनि कृषकका समस्या जस्ताको त्यस्तै छ ।

तर जिल्लाको पनौती नगरपालिकाको अवस्था भने अलि फरक छ । कृषि सेवा केन्द्र र जिल्ला कृषि विकास कार्यालयबाट प्राप्त हुने कृषि सेवा सुविधा नगरपालिकाबाटै उपलब्ध गराई रहेको पनौती नगरपालिकाका कृषि तथा पशुपन्छ िशाखा प्रमुख मणी प्रसाद सापकोटाले बताए । उनका अनुसार कृषि सेवा प्रवाहलाई प्रवाभकारी बनाउनको लागि प्रयाप्त जनशक्ति, स्रोत साधन र कृषि प्राविधिक समूहको आवश्यकता रहेको छ तर हामीले भएको जनशक्तिबाट काम गरिरहेका छौ ।

काभ्रेको अन्य स्थानीय तहले कृषिलाई प्राथमिकतामा राखेपनि आवश्यक मात्रामा बजेट र जनशक्ति पु¥याउन सकेका छैनन् । किसानहरुले परामर्श सेवा पाउन सकेका छैनन् । कृषि सामाग्रीको खरिदमै जोड दिएका छन् । कृषि यन्त्र खरिदमा कमिशन मिल्ने भएकाले धेरै स्थानीय सरकारले खरिद गरेर किसानलाई बाँडेको आरोप किसानहरुको रहेको छ ।


तपाईको प्रतिक्रिया