काभ्रे (धुलिखेल) – पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगबाट अपराधिक क्रियाकलापहरु बढ्दै गएको छ । विशेष गरेर किशोर किशोरीहरु सामाजिक सञ्जालको प्रयोगबाटै अपराधिक क्रियाकलापमा फस्ने गरेको पाइन्छ । सोही कुरालाई मध्यनजर गर्दै सामाजिक सञ्जालबाट हुने अपराधबाट जोगिन विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

माइती नेपालको आयोजनामा र जिल्ला प्रहरी कार्यालय काभ्रेको सह–आयोजनामा काभ्रेका ३ विद्यालयका विद्यार्थीहरुलाई मंसिर ६ र ७ गते सामाजिक सञ्जालबाट हुने अपराधबाट कसरी जोगिने विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यालयले जिल्लाको धुलिखेल स्थित पूर्ण सञ्जिवनी माध्यमिक विद्यालय, नमूना सञ्जिवनी माध्यमिक विद्यालय र श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई अपारधबाट जोगिने उपाय सिकएको हो ।


तपाईको प्रतिक्रिया