काठमाडौं – मोबाइलमा जस्तै टिभीमा पनि टिकटक हेर्न मिल्ने भएको छ । यसको सुरुवात पहिलो चरणमा उत्तर अमेरिकामा अमेजनको फायर टिभीबाट भएको थियो । अब भने यो फिचर सामसङ र एलजीका स्मार्ट टिभी लगायत सम्पूर्ण एन्ड्रोइड टिभीमा पनि उपलब्ध हुने भएको हो।

साथै क्रोमकास्ट भएको गुगल टिभीबाट पनि टिकटक हेर्न सकिने जनाइएको छ । हालसम्म स्मार्ट टिभीको ब्राउजरबाट टिकटक हेर्न मिल्ने भएपनि छुट्टै एप भने उपलब्ध थिएन। टिभीमा एप उपलब्ध भएसँगै प्रयोगकर्ताले ठूलो स्क्रिनमा छोटो भिडियोहरू हेर्न पाउने भएका छन् । मोबाइलमा जस्तै टिभीमा पनि टिकटकका सबै भिडिओहरू आफूले सर्च गरेर हेर्न सकिनेछ ।

 


तपाईको प्रतिक्रिया