काठमाडौं – ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ काठमाडौँमा हुने भएको छ । लोक संस्कृतिको पहिचानसँगै लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यले काठमाडोंमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ आयोजना गर्न लागिएको हो ।

चैतको दोस्रो हप्ता पाँच दिनसम्म काठमाडौंको टुँडिखेलमा महोत्सव गर्न लागिएको आयोजक डीएआर मूभिजका सञ्चालक समिति सदस्य श्याम धितालले जानकारी दिए ।उनका अनुसार महोत्सवमा दुई सय बढी स्टल रहने, विभिन्न जिल्लाको स्थानीय कला(संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाका स्थानीय कलालाई देखाउने गरी कार्यक्रम गरिनेछ ।

‘राष्ट्रिय लोक दोहोरी महोत्सव’मा दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवमा प्रवेश निःशुल्क गरिनेछ । विभिन्न सम्मानसहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी क्षेत्रका प्रतिष्ठित कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

आयोजक संस्था डीएआर मुभिजले यसअघि २०७६ साल फागुनमा टुँडिखेलमै प्रथम ‘राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव’को आयोजना गरेको थियो । उक्त महोत्सवमा २७ जिल्लाका सांस्कृतिक झाँकीसहितको ¥याली गरिएको थियो । पाँच दिनसम्म चलेको उक्त महोत्सव पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।

 


तपाईको प्रतिक्रिया