काभ्रे (धुलिखेल) – नव निर्मित बखुण्डोल आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन भएको छ । जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ४ स्थित बखुण्डोल आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवनको उद्घाटन नगर प्रमुख अशोक कुमार ब्याञ्जु (श्रेष्ठ)ले गरेका हुन् ।

३८ लाखको लागतमा निर्माण भएको दुई तले पक्की भवनको निर्माण सम्पन्न भएसँगै भवनको आज उद्घाटन गरिएको हो ।

नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा नगरपालिकाकी उप प्रमुख बिमला शर्मा, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा.पुरुषोत्तम सेढाई, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, वडा नम्बर ४ का वडा अध्यक्ष रवीन्द्र कर्मचार्य, जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, नगरपालिकाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागीता रहेको थियो ।

 


तपाईको प्रतिक्रिया