काठमाडौं – नेपाली महिला क्रिकेट टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दै छ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज (मंगलबार) भुटानसँग प्रतिस्पर्धा गर्दै छ ।

दुबईमा हुने नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।  भुटानविरुद्ध मैदान उत्रँदा नेपाल जित हात पार्ने दाउमा हुनेछ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।


तपाईको प्रतिक्रिया