काभ्रे (धुलिखेल) – जिल्ला प्रहरी कार्यालय काभ्रेले विद्यार्थीसँग अन्त्रक्रिया कार्यक्रम गरेको छ । कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हेरिट एकेडेमी बसुन्धारा, काठमाण्डौको कानुन संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुसंग आज अन्त्रक्रिया गरेको हो ।

कार्यालयद्वारा आयोजित “प्रहरी संग एक दिन“ विशेष कार्यक्रमको आयोजना गरी उक्त कलेजका ६५ जना विद्यार्थीसँग अन्त्रक्रिया गरिएको हो । कार्यालय प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले प्रहरी कार्यालयबाट नागरिकहरुलाई दिईने विभिन्न प्रहरी सेवा सम्बन्धि विद्यार्थीलाई जानकारी गराएका थिए ।

सो कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले समाजमा शान्ति सुरक्षा र अमन चयन स्थापनामा प्रहरीको भुमिका, समाजमा असल नागरीकको भुमिका, कानुन कार्यान्वयन प्रणाली, सामाजिक अपराध, सोको रोकथाम तथा नियन्त्रणका उपायहरु जस्ता विषयहरुमा एक दिवसीय प्रस्तुतीकरण गरेका थिए ।

त्यस्तै प्रहरी निरीक्षक संजिता श्रेष्ठले कार्यालयमा रहेका नागरिकहरुसंग सम्बन्धित शाखाहरुबाट प्रदान गरिने सेवा सम्बन्धी जानकारी दिएकी थिइन् । कार्यक्रममा सहभागी विद्यार्थीहरुले प्रहरीको काम कारबाही र प्रहरीसंग सम्बन्धि विभिन्न जिज्ञासाहरु प्रस्तुत गरेकोमा कार्यालय प्रमुखले उठेका जिज्ञासाहरुको सम्बोधन गरेका थिए ।


तपाईको प्रतिक्रिया