काभ्रे (पनौती) – हातमा कलम र कापी समाउनु पर्ने विद्यार्थी प्ले कार्ड बोकेर सुरक्षाको प्रत्याभूति मागि रहेका छन् । विद्यार्थीसहित शिक्षक अभिभावक र स्थानीयहरुले सडक सुरक्षाको माग गर्दै सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गरेको छ ।

पछिल्लो समयमा पनौतीमा टिपर आतङ्कको आतंक बढेपछि सडक सुरक्षाको माग गर्दै विद्यार्थीहरु प्रर्दशनमा उत्रिएका हुन् । आइतबार स्थानीयबासी र विद्यार्थी सहितको र्याली पनौती बसपार्क हुँदै नगरपालिका घेराउ सहित ज्ञापन पत्र बुझाएको छ ।

विद्यार्थीले टिपर सञ्चालनको लागि वैकल्पिक व्यवस्था गर्नु पर्ने विद्यालयको समयमा टिपर सञ्चालनमा रोक लगाउनु पर्ने मागसहति प्लेकार्ड बोकेर नगरपालिकामा ज्ञापन पत्र बुझाएका हुन् । र्याली सहित निक्केका विद्यार्थीहरुले पनौती नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

शनिबार पनौती नगरपालिका–७ क्याम्पस अगाडी पनौती नगर पालिका ८ मल्पीका दुर्घटना ७५ वर्षिय मधुसूदन केसीलाई ३ क १८४७ नंको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट केसी गम्भिर घाइते भएका छन् । टिपरका कारण त्यस भेगका आम नागरिक असुरक्षित बनेका छन् ।

निषेधित समयमा टिपर सञ्चालन गरेको भन्दै स्थानीय र विद्यार्थीहरुले विरोध जनाउँदै प्रदर्शन गरेका हुन् । पनौती क्षेत्रका विभिन्न चार वटा विद्यालयका विद्यार्थीले सडकमा गरेको प्रर्दशनले प्रष्ट पारेको छ । काभ्रे बोडिङ स्कुल, इन्द्रेश्वर माध्यामिक विद्यालय, भालेश्वर माध्यामिक विद्यालय र सामुदायिक बोडिङ स्कुलका विद्यार्थीहरुले सडकमा प्रदर्शन गरेका हुन् ।


तपाईको प्रतिक्रिया