काभ्रे (धुलिखेल) – फेला परेको नगद, सुनका गर गहना र मोबाईल काभ्रे प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

प्रहरी हवल्दार हरि कुमार खत्रीले आइतबार धुलिखेल नगरपालिका वडा नम्बर ८ स्थित सडक खण्डमा बेवारीसे अवस्थामा कालो रंगको झोला एक थान, सिम कार्ड सहितको रेडमी कम्पनीको एक थान मोबाइल, डेढ तोलाको सुनको बेरुवा औठी एक थान, पोते सहितको सुनको १ तोलाको मंगलसुत्र एक थान, नेपाली रुपँैया १० हजार ५० हजार रुपैयाँ, लेडिज पर्स दुई थान, चस्मा र मोबाइलको चार्जर सडक किनारमा भेटाउनुभएको थियो ।

खत्रीले भेटाएका उक्त सामग्री सहितको झोला जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका थिए । जिल्ला प्रहरी कार्यालयले सम्बन्धित सामान धनीको खोजतलास एवं सम्पर्क गरे बुझाएको हो । उक्त नगद, सुनका गर–गहना र मोबाईल’ रोशी गाउँपालिका वडा नम्बर ११ रामरिमकी २८ वर्षीया निरीमाया तामाङ रहेको र प्रहरीले उनीलाई सामाग्री हस्तान्तरण गरेको हो ।

बागतमी प्रदेश ०२–०२९ प २४११ नम्बरको स्कुटरमा बनेपाबाट आफ्नो घरतर्फ जाने क्रममा स्कुटरबाट सामान खसेर हराएको प्रमाण दाबी गरेपछि तामाङलाई सामाग्री हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

 


तपाईको प्रतिक्रिया