काभ्रे (बनेपा) – नेपाल साहित्यिक पत्रकार सङ्घको अध्यक्षमा मोहन दुवाल चयन भएका छन् । संघको चौथो राष्ट्रिय सम्मेलनले ‘जनमत’ साहित्यिक मासिकका प्रधानसम्पादक मोहन दुवाललाई अध्यक्ष चयन गरेको हो । संघले दुवालको अध्यक्षतामा सर्वसम्मतिले ३५ सदस्यीय केन्द्रीय समिति निवार्चित गरेको छ ।

काभ्रेको बनेपामा आज सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा वियोगी बुढाथोकी, उपाध्यक्षमा रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गङ्गा सुवेदी, महासचिवमा चेतनाथ धमला, उपमहासचिवमा नवराज रिजाल, सचिवमा होमशङ्कर बास्तोला र लक्ष्मीप्रसाद भट्टराई तथा कोषाध्यक्षमा सूर्यप्रसाद लाकोजु चयन भएका छन् । केन्द्रीय सदस्यमा गणेश राई, यायत्रीकुमार चापागाईँ, प्रकाश सिलवाल, यादव भट्टराई, माधवप्रसाद पोखरेल, सुधीर घिमिरे, डा .शैलेन्दूप्रकाश नेपाल, बालमुकुन्द कार्की, पुण्य घिमिरे, नानीमैया अधिकारी, नवदीव श्रेष्ठ, जगत वाशिष्ठ र रामसुन्दर देउजा चयन भएका छन् । बाँकी सदस्य पछि मनोनयन गरिने बताइएको छ ।

सङ्घको केन्द्रीय सल्लाहकारमा रोचक घिमिरे, नगेन्द्रराज शर्मा, मातृका पोखरेल, नरेन्द्रबहादुर श्रेष्ठ, लक्ष्मी उप्रेती, डा .रेवतीरमण लाल र वासुदेव अधिकारी चयन गरिएको छ। सम्मेलनले साहित्यिक पत्रपत्रिकालाई राज्यले अपेक्षा गर्न नहुने लगायत १३ बुँदे घोषणापत्र जारी गरेको छ ।साहित्यिक पत्रकार सङ्घको अध्यक्षमा मोहन दुवाल


तपाईको प्रतिक्रिया