काभ्रे (मण्डनदेउपुर) –  जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ५ स्थित तपेश्वर माध्यमिक विद्यालयका विद्यार्थीसँग जिल्ला प्रहरी कार्यालय काभ्रेले अन्तर्क्रिया कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले विद्यालयको  माध्यमिक र उच्च माध्यमिक तहमा अध्यनरत १०० जना विद्यार्थीहरुलाई प्रशिक्षण तथा अन्तरक्रिया गराएका थिए ।

सो  कार्यक्रममा प्रहरी उपरीक्षक खत्रीले समाजमा शान्ति सुरक्षा र अमन चयन स्थापनामा प्रहरीको भूमिका, समाजमा असल नागरीकको भूमिका, कानुन कार्यान्वयन प्रणाली, सामाजिक अपराध, सोको रोकथाम तथा नियन्त्रणका उपायहरु जस्ता विषयहरुमा एक दिवसीय प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरुले प्रहरीको काम कारबाही र प्रहरीसँग सम्बन्धित विभिन्न जिज्ञासाहरु राखेको थिए । उक्त जिज्ञासालाई प्रहरी उपरीक्षक खत्रीले सम्बोधन गरेका थिए ।

सोही विद्यालयका शिक्षक सुरेन्द्र पौडेल ज्युले उक्त कार्यक्रम अत्यन्त फलदायी भएको र विद्यार्थीहरुमा प्रहरीप्रतिको दृष्टिकोणमा सकारत्मक परिवर्तन भएको बताउँदै जिल्ला प्रहरी कार्यालयप्रति खुशी व्यक्त गरे । यस्तो कार्यक्रमहरुलाई भविष्यमा समेत निरन्तरता दिएमा समाजमा शान्ति सुरक्षाको स्थिति थप सुदृढ हुने अपेक्षा राखिएको उनले बताए ।


तपाईको प्रतिक्रिया