काभ्रे (बनेपा) – जिल्लाको बनेपा नगरपालिकामा १६ सय सिँढी निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । बनेपा नगरपालिकाले आफ्नो गौरवको आयोजना अन्र्तगत बनेपा नगरपालिका वडा नं ५ र ६ मा १६ सय सिँढी निर्माण शुरु गरेको हो । चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको नगरपालिकाको जानकारी छ।

बनेपा नगरपालिका र पर्यटन मन्त्रालयको पाँच करोड ३५ लाख रुपैयामा उक्त आयोजना निर्माण शुरु गरिएको हो । ८ फिट चौडाई, दायाँ बायाँ रेलिङ्ग, साईड ड्रेन, पार्किङ, बगैंचा, सार्वजानकि शौचालय, पिकनिक स्पोर्ट लगायतका संरचनाहरु सिँढीको आसपास निर्माण हुनेछ । सिंढीको लम्बाई डेड किलोमिटर छ ।

रोजगारी सिर्जना समेत गर्ने उक्त योजनालाई गौरवको योजना मानेर निर्माण गरिएको छ । नयाँ वर्षको प्रारम्भ देखि नै उक्त सिंढी मार्ग संचालनमा आउने नगरपालिकाले जनाएको छ ।

धार्मिक तथा पर्यापर्यटनको उदेश्यले निर्माण शुरु गरिएको सिँढी मार्फत नगरपालिकाले नागरिकहरुको स्वास्थ्य तथा आन्तरिक आयमा जोड दिएको छ । मन्दिर तथा धार्मिक स्थलसँगै धार्मिक वनका रुपमा चण्डेश्वरी र गोसाईस्थानको साुमदायिक वनलाई लिइन्छ ।


तपाईको प्रतिक्रिया