काठमाडौं – रबि गहतराजको स्वरमा नयाँ गीत ‘तिमी मेरै हौ’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र करणराज कार्कीको संगीतमा उक्त गीत सार्वजनिक भएको हो ।

गीतको भिडियोमा रबिलाई प्रिया लिम्बुले साथ दिएकी छिन् । ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन देवेश राईले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका हुन् । गोकर्णको रमणीय स्थानमा खिचिएको गीत ‘संगीत भकारी’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियो हेर्नुहोस् :

 


तपाईको प्रतिक्रिया