काभ्रे (बेथानचोक) – जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ५ स्थित कपेर स्थान महाँकाल मन्दिरमा थप पूर्वाधार निर्माण हुने भएको छ । मन्दिरको पुर्बाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १ करोड रूपैयाँ बजेट बिनियोजन गरेको छ ।

मन्दिरको पूर्वाधार निर्माण लागि वडा नम्बर ५ का वडाध्यक्ष खजेन्ची बहादुर लामाले मन्त्रालयसँग सहयोगका लागि विशेष पहल गरेका थिए । कपेर स्थान महाँकाल मन्दिरमा थप पूर्वाधार निर्माण भएपछि आन्तरीक तथा बाहृय पर्यटन प्रवर्द्धन थप सहयोग पुग्ने वडाध्यक्ष खजेन्ची बहादुर लामाले बताएका छन ।


तपाईको प्रतिक्रिया