काभ्रे (धुलिखेल) – जिल्लामा आज नमोबुद्ध नगरपालिकाकी १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेमा अहिले १६ जना महिला र १४ जना पुरुष गरी ३० जना सक्रिय कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

योसँगै जिल्लामा अहिले कुल कोरोना संक्रमितको संख्या १४ हजार ७ सय १० रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १४ हजार ४ सय ८८ जना उपचारपछि संक्रमणमुक्त भएको भएका छन् । कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

काभ्रेको विभिन्न स्थानीय तहको ९ वटा खोप केन्द्रमा ९ जना महिला र १८ जना पुरुष गरी ३६ जनाले आज कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको जिल्लाको विभिन्न स्थानीय तहका १६ वटा खोप केन्द्रमा ८ सय २५ जना महिला र ५ सय ७४ जना पुरुष गरी १३ सय ९९ जनाले आज दोस्रो मात्राको भेरोसेल खोप लगाएका छन् ।

त्यस्तै जिल्लाको बनेपा नगरपालिकाको ५ वटा खोप केन्द्रमा १२ सय २१ जना महिला र ८ सय ८९ जना पुरुष गरी २१ सय ४० जनाले आज कोभिडसिल्डको दोस्रो मात्राको खोप लगाएको कार्यालयको जानकारी छ ।


तपाईको प्रतिक्रिया