काभ्रे (धुलिखेल) –  जिल्लामा आज नयाँ संक्रमितको संख्या शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज उपचारपछि संक्रमणमुक्त हुनेको संख्या पनि शून्य रहेको छ ।

जिल्लामा अहिले कुल कोरोना संक्रमितको संख्या १४ हजार ७ सय ९ रहेको छ । जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १४ हजार ४ सय ८२ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्ला अहिले २० जना महिला र १५ जना पुरुष गरी ३५ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ९२ जनाको मृत्यु भइसकेको छ ।


तपाईको प्रतिक्रिया