युएई र ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत आज शनिबार दुई खेल हुँदैछ । आजबाट विश्वकपका सुपर १२ का खेलहरु सुरु हुनेछ । आज समूह १ को दुई खेलहरु हुनेछन् ।

आबुधाबीमा हुने पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा हुने छन् । यस्तै दोस्रो खेलमा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ ।

दुबईमा हुने इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ । एकदिवसीय विश्वकप विजेता इंग्ल्यान्ड जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । साविक विजेता समेत रहेको वेस्ट इन्डिज पनि इंग्ल्यान्डलाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।


तपाईको प्रतिक्रिया