काठमाडौँ – बाल साहित्यकार सर्जक श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ सार्वजनिक भएको छ । बुक्स हिमालयले बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा ल्याएको हो । ‘पोलेको मकै’मा पहाडी भेगका विषयवस्तुलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ। ‘पोलेको मकै’मा विशेषगरी बाल मनोविज्ञानलाई केन्द्रमा राखिएको छ ।

गंगा कर्माचार्य पौडेलले सम्पादन गरेको कथा संग्रहमा मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून् चरी उडून्, पारुको पढाइ र बुबाको एसएमएसलगायत ७ कथा छन्। विद्यालय तहका सबै विद्यार्थीका लागि कथा संग्रह उपयोगी रहेको सर्जक श्रीराम राईले बताए ।

उनका अनुसार यस बालकथा संग्रहमा विद्यालय तहका सवै विद्यार्थीका लागि शिक्षामुलक र उत्तिकै रमाईला लाग्ने कथाहरुलाई समावेश गरिएको छ ।
बालकथा सङ्ग्रह ‘पोलेको मकै’को मूल्य रु ९९ सय रुपैयाँ रहेको छ।


तपाईको प्रतिक्रिया