काभ्रे (धुलिखेल) – जिल्लामा आज नयाँ संक्रमितको संख्या शून्य रहेकोे जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज १६ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

जिल्लामा अहिले कुल कोरोना संक्रमितको संख्या १४ हजार ६ सय ७८ रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।  जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १४ हजार ४ सय १३ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्ला अहिले ३४ जना महिला र ३९ जना पुरुष गरी ७३ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

 


तपाईको प्रतिक्रिया