काभ्रे (पनौती) – जिल्लाको पनौती नगरपालिकाका विपन्न परिवारलाई खाद्यान्न सामग्री र आर्थिक सहयोग वितरण गरिएको छ ।

चाडपर्व लक्षित गर्दै पनौती नगरपालिका वडा नं ४ का कोरोना महामारीका कारण रोजगार गुमाएका, आर्थिक कमजोर भएका २३ घर परिवारलाई कांग्रेस नेता कुमार हुमागाईले आज एक कार्यक्रमका बिच खाद्यन्न सामग्री र आर्थिक सहयोग वितरण गरेका हुन् ।

‘कयौँ मान्छेले ठूल ठूला होटल, रेष्टुरेन्टमा गएर एकै पटक लाखौं खर्च गरिरहेका हुन्छन् । तर गरिब घर परिवारलाई एक बोरा चालमले कम्तिमा १५ दिन धान्छ । घरमा खाद्यान्न नभएकै कारण कोहि कसैको पनि चाड पर्व खल्लो नहोस् भनेर सहयोग गरेको हुँ । मैले धेरै पहिले देखि सहयोग गर्दै आईरहेको छु । आगामी दिनमा पनि गर्ने छु, नेता हुमागाईले भने ।’

नेता हुमागाईले वडाका २३ घर परिवारलाई २५/२५ किलो चामल र ५/५ सय रूपैयाँ हस्तान्तरण गरेका हुन् । राजनितिकसँगै सामाजिक क्षेत्रमा सक्रिय नेता हुमागाईले २०७२ सालको भुकम्प र त्यस यताका विभिन्न विपदका बेला समेत सहयोग गर्दै आएका छन् ।

 


तपाईको प्रतिक्रिया