काभ्रे (धुलिखेल) – जिल्लामा आज नयाँ संक्रमितको संख्या शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज उपचारपछि संक्रमणमुक्त हुनेको संख्या पनि शून्य रहेको छ ।

जिल्लामा अहिले कुल कोरोना संक्रमितको संख्या १४ हजार ६ सय ७८ रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १४ हजार ३ सय ९७ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्ला अहिले ४२ जना महिला र ४७ जना पुरुष गरी ८९ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिकाको ८ वटा खोप केन्द्रमा ३७ जना महिला र ५१ जना पुरुष गरी ८८ जनाले आज कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाको नमोबुद्ध नगरपालिकाको ८ वटा खोप केन्द्रमा २ सय २१ जना महिला र १ सय १२ जना पुरुष गरी ३ सय ३३ जनाले आज दोस्रो मात्राको भेरोसेल खोप लगाएका छन् ।


तपाईको प्रतिक्रिया