काभ्रे (पनौती) – जिल्लाको पनौती नगरपालिकामा नवनिर्मित मुक्तिनाथ मन्दिर सर्वसाधरणका लागि खुल्ला गरिएको छ ।

नगरपालिकाको वडा नं ५ स्थित बाँसघारीमा स्थानीयहरुको सक्रियतामा निर्माण भएको मुक्तिनाथ मन्दिर आज (सोमबार) एक कार्यक्रमका बीच स्वामी कमलनयनाचार्यले उक्त मन्दिरको समुद्घाटन गरेका हुन् । आजैबाट मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ। उक्त मन्दिरको शिलान्यास २०७४ साल असोज ७ गते भएको थियो ।

मुक्तिनाथ मन्दिर निर्माण समितिका अध्यक्ष गोपालबहादुर थापाले मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यकै निर्देशनबाट काम भएको र मुक्तिनाथकै पुजारीले पुजा अर्चना गर्ने भएकाले ढुक्कसँग पनौतीको मुक्तिनाथ मन्दिरमा आउन भक्तजनलाई अपिल गरेका छन् ।

 

 

 

 


तपाईको प्रतिक्रिया