काभ्रे (धुलिखेल) – अर्को सूचना जारी नभएसम्मका लागि काभ्रेमा निषेधाज्ञा थपिएको छ ।  कोरोना संक्रमण रोक थामका लागि गरिएको निषेधाज्ञाको समय अविधि सकिनै लाग्दा जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि काभ्रेमा निषेधाज्ञा थप गरेको हो ।

कार्यालयले यस अघि जारी गरेको विगतका निर्णयलाई यथावत राख्दै निषेधाज्ञा समय अवधि थप गरेको हो ।

नेपालको संविधान अनुसार उल्लेखित आदेशहरु पलना नगर्ने वा यो काम गर्न बाधा पु¥याउने जो कोहीलाई संक्रमण रोज ऐन २०२० तथा स्थानीय प्रशासन एने २०२८ अनुसार कानुनी कार्वाही गरिने बताईएको छ ।


तपाईको प्रतिक्रिया