काभ्रे (धुलिखेल) – जिल्लामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज ५ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट २ जना महिला र पाँचखाल नगरपालिकाबाट १ जना पुरुष गरी ३ जनाको रिपोर्ट पोजेटिभ आएको कार्यालयका प्रमुख डा.झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन परीक्षणमा पाँचखाल नगरपालिकाकी १ जना महिलाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार ६ सय ७८ पुगेको छ ।

जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १४ हजार ३ सय ९७ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्ला अहिले ४२ जना महिला र ४७ जना पुरुष गरी ८९ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

काभ्रेको विभिन्न स्थानीय तहका २६ वटा खोप केन्द्रमा ४ सय १२ जना महिला र ४ सय ३ जना पुरुष गरी ८ सय १५ जनाले आज कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाको विभिन्न स्थानीय तहका २६ वटा खोप केन्द्रमा ४ सय ३३ जना महिला र ३ सय ९६ जना पुरुष गरी ८ सय २९ जनाले आज दोस्रो मात्राको भेरोसेल खोप लगाएका छन् ।


तपाईको प्रतिक्रिया