काठमाडौँ  – ‘यस्तो मोड आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक तथा संगितकार बिशाल काल्तानको पछिल्लो हप्ता नेपालि आधुनिक गीत ” यस्तो मोड आयो बिस्तारै बिस्तारै ” बोलको गित दर्शक स्रोता माझ आएको छ ।

म्युजिक भिडियोका साथ आएको उक्त गीतमा नेपालि चर्चित मोडल सुधिर श्रेष्ठ को अभिनय रहेको छ भने सुधिरलाई अभिनयमा  मोडल सत्यकला बम्जनले साथ दिएकी छिन। मोडल बम्जनको शब्द रहेको यस गीतमा संगित गायक आफैको रहेको छ ।

गायक तथा एरेन्जर उर्गेन दोङको एरेन्ज रहेको गीतलाई मिक्सिङ दिपेश प्रधानले गरेका छन । गीत बिशुद्द माया प्रेममा भोगेका कथालाई समेटिएको छ । नगरकोटमा छयांकन गरेको यस गीतलाई अहिलेका चर्चित निर्देशक रामजि लामिछानेले गरेका छन ।

मायाको कथा अनि मायाले निम्त्याएको सकरात्मक तथा नकरात्मक असरलाई भिडियोमा देखाएको छ । तामाङ अनि सेलोमा चर्चित गायक तथा संगितकार बिशाल काल्तानको नेपाली भाषाको यो गीत पहिलो नभएनि यो गीतले नेपाली  गीत संगित क्षेत्रमा एउटा इंटा थप्ने काम चाहि पक्कै पनि गरेको छ ।

भिडियो हेर्नुहोस् :

 


तपाईको प्रतिक्रिया