काभ्रे (तेमाल) – जिल्लाको तेमाल गाउँपालिका वडा न .५ स्थित ५ पोखरी नारायणस्थानमा बौद्ध र स्वयम्भूको स्तुपा निर्माण कार्य भइरहेको छ । स्थानीय युवाको पहलमा बौद्ध र स्वयम्भूको स्तुपा निर्माण कार्य हो ।

स्थानीय जुझारु युवा बिकेस तामाङ्को पहलमा साउन अन्तिम सातादेखि उक्त निर्माण कार्य सुरु भएको हो । सुरुमा आफुले यो ठाउँमा तामाङ बौद्ध मार्गिहरुको लागि पुजा गरि पितृको नाममा वत्ती बाल्न सजिलो र सिंगो तेमालको एतिहासिकता उजागर गर्न टेवा पुगोस भन्ने हेतुले यो कार्य सुरु भएको बिकेसको भनाई छ ।

अहिले रङ रोगन कार्य भइरहेको र कार्तिक महिना भित्र निर्माण सम्पन्न गराउने लक्ष्य रहेको उनले जानकारी दिए । उनका अनुसार झन्डै तीन लाखको लागतमा निर्माण सम्पन्न हुनेछ ।

यो क्षेत्रका तामाङ बौद्धमार्गिहरु चैत पुर्णिामामा पितृआत्माले शान्ती मिल्ने जनविश्वासका साथ बौद्ध र स्वयम्भु पुगेर वत्ती बाल्ने गर्दछन् । काठमाडौंसम्म पुग्न नसकिने भक्तजनलाई ढुङ्गाको ज्यरोङ खास्योर र फाग्पा शिन्कुन (बौद्व र स्वायम्भु ) स्थापना गरी पुर्खाहरूको नाममा पुजा गर्ने वातावरण अहिले तेमाल नारायणस्थानमै निर्माण भएको हो ।

 


तपाईको प्रतिक्रिया