काभ्रे (धुलिखेल) – जिल्लामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज ५ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा धुलिखेल नगरपालिकाबाट २ जना महिला र १ जना पुरुष, भुम्लु गाउँपालिकाबाट १ जना महिला, तेमाल गाउँपालिकाबाट १ जना महिला, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष र पनौती नगरपालिकाबाट १ जना महिला गरी ७ जनाको रिपोर्ट पोजेटिभ आएको कार्यालयका प्रमुख डा.झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन परीक्षणमा नमोबुद्ध नगरपालिकाका २ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार ६ सय ७४ पुगेको छ ।

जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १४ हजार ३ सय ८० जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्ला अहिले ४७ जना महिला र ५५ जना पुरुष गरी १ सय २ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

काभ्रेको विभिन्न स्थानीय तहका ५८ वटा खोप केन्द्रमा १६ सय १६ जना महिला र १३ सय ७६ जना पुरुष गरी २९ सय ९२ जनाले आज कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाको  विभिन्न स्थानीय तहका ४५ वटा खोप केन्द्रमा ५ सय ८२ जना महिला र ५ सय १३ जना पुरुष गरी १ हजार ९५ जनाले आज दोस्रो मात्राको भेरोसेल खोप लगाएका छन् ।


तपाईको प्रतिक्रिया