काभ्रे (धुलिखेल) – जिल्लाको धुलिखेल नगरपालिकामा ‘खाद्य हरियाली शहर’ कार्यक्रम सुरु भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिका बीच ‘खाद्य हरियाली शहर’ कार्यक्रम लागू गर्ने बारे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख अशोक कुमार ब्याञ्जु (श्रेष्ठ) तथा (नाष्ट) का तर्फबाट उप कुलपति डाक्टर सुनिल बाबु श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सहरीकरणका कारण उत्पन्न हुने वातावरण तथा स्वास्थ्यका समस्या समाधान गर्न बैज्ञानिक तवरबाट कार्य गर्ने, युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगो स्वच्छ सफा र सुन्दर शहर निर्माण गर्ने औषधिजन्य विरुवा, च्याउ तथा फलफुलको बैज्ञानिक तवरबाट उत्पादन प्रशोधन, भण्डारण र बजारीकरण लगायतका काम हुने नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिए ।


तपाईको प्रतिक्रिया