काभ्रे (भकुण्डे) – जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ७, भकुन्डेमा युवा उद्यमीहरूद्वारा ‘द मःम फ्याक्टरी’ सञ्चालनमा आएको छ । भकुन्डे बजारमा सबैभन्दा ठूलो लगानी गरेर युवा उद्यमीहरूले ‘द मःम फ्याक्टरी’ सञ्चालनमा ल्याएको हो ।

‘द मःम फ्याक्टरी’ को प्रतिनिधि सभा सदस्य सांसद गङ्गाबहादुर दोङ (बमध्वज) ले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन । ‘द मःम फ्याक्टरी’को सांसद दोङले रिबन काटेर उद्घाटन गरेका थिए भने लामा गुरुले पूजापाठ समेत गरेको थियो ।
७ जना युवा उद्यमीहरू मिलेर सञ्चालनमा ल्याएको यस मम फ्याक्टरमा करिब १ करोड लगानी गरेको सञ्चालक वीरमान लामाले जानकारी दिए ।

काभ्रे जिल्लाको रोशनी गाउँपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, धुलिखेल नगर पालिकाकाको केन्द्र भागमा रहेको यो बजारमा ‘द मःम फ्याक्टरी’ सञ्चालनमा ल्याएपछि ममका ‘आइटम’हरुका लागि अरू स्थानमा पुग्नु नपर्ने सञ्चालक लामाले बताए ।

‘मःम मात्र यहाँ ३५ ‘आइटम’को पाइन्छ । हामीले ‘हाइजेनिक’ मा जोड दिएका छौँ ।’ सञ्चालक लामाले भने, ‘सुदुरपूर्वदेखि काठमाडौँसम्मको यात्रा यहीँबाट गर्नुपर्ने भएकोले थकान मेटाउन, रुचि अनुसार खानेकुरा खानको व्यवस्था गरेका छौँ ।’


तपाईको प्रतिक्रिया