काभ्रे (धुलिखेल) – केही दिन यता जिल्लामा नयाँ संक्रमितको संख्यामा कमी आएको छ । जिल्लामा आज नयाँ कोरोना संक्रमितको संख्या शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज ११ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १४ हजार ३ सय ७५ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्ला अहिले ४४ जना महिला र ५४ जना पुरुष गरी ९८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

काभ्रेको विभिन्न स्थानीय तहका ९ वटा खोप केन्द्रमा २ सय ७१ जना महिला र २ सय २४ जना पुरुष गरी ४ सय ९५ सय जनाले आज कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको विभिन्न स्थानीय तहका ९ वटा खोप केन्द्रमा १ सय ४८ जना महिला र १ सय २३ जना पुरुष गरी २ सय ७१ जनाले आज दोस्रो मात्राको भेरोसेल खोप लगाएका छन् ।


तपाईको प्रतिक्रिया