काभ्रे (धुलिखेल) – झिगु बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाले आफ्नो १४ औं साधारण सभा सामान्य तरिकाले मनाएको छ ।

कोभिडको कारणले भिडभाड नगरी असार २० गते सुरु गरेको साधारण सभा २३ गते समापन भएको हो । सहकारीका अध्यक्ष बुद्धरत्न मानन्धरले साधारण सभाको अवसर पारेर एक बर्षमा गरेको काम र आगामी वर्ष गर्ने योजना सार्वजनिक गरेका थिए । सदस्यको अपार माया र स्नेहको कारणले सहकारीले निरन्तर फड्को मारेको र आगामी दिनमा समेत निरन्तर सदस्यको हक र हितको लागि काम गर्ने उनले बताए ।

सहकारीको उपाध्यक्ष टिकानारायण मानन्धरले स्वागत गरेको कार्यक्रममा सचिव दीपा मानन्धरले प्रगति, कोषाध्यक्ष नवराज मानन्धरले आर्थिक तथा लेखा समितीका प्रमुख पुरुषोत्तम मानन्धरले लेखा समितीको प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा सहकारीका सल्लाहकार सहकारीका अगुवा बुद्धरत्न मानन्धरले सानो भएर, तल्लो तहमा बसेर मानन्धर समुदायको हकहितमा स्थापना भएको सहकारी भएकाले यसले बनेपामा आफ्नो छुट्टै पहिचान बनाउन सकेको बताए ।

कार्यक्रममा विशेष अतिथी पत्रकार केशवराज पौडेलले सहकारीले बनेपाको सिमान्तकृत तथा कम आयआर्जन भएको समुदायको निरन्तर प्रतिनिधित्व गरेको बताए । खानेपानीको व्यवस्था, चण्डेश्वरी जात्रामा निःशुल्क खानेपानी, तिर्थाटन जस्ता सामाजिक कार्य गरेर सहकारीले धेरैको मन जितेको उनले बताए ।

 

 


तपाईको प्रतिक्रिया